दाङमा अदालतबाट भागे सुन चोरी अरोपमा पक्राउ परेका एक बन्दी    

दाङमा सुन चोरीको आरोपमा पक्राउ परेका एक बन्दी अदालतबाट भागेका छन्।

घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बुधबार घोराही–१० नारायपुरबाट सुन चोरीको आरोपमा पक्राउ परेका थिए। 

उनलाई आज (बिहीबार) जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा उनी अदालतबाटै भागेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर वलीले न्यायाधीशसमक्ष पेस गर्ने क्रममा विश्वकर्मा भागेको बताए। 

सुन चोरी आरोेपित विश्वकर्माले न्यायाधीशसमक्ष पेश गर्नेसमयमा शौचालय जान्छु भनेका थिए। त्यसपछि शौच गर्न लगिएकोमा शौचालयको झ्याँलबाट भागेको जानकारी आएको एसपी वलीले बताए। 

उनका अनुसार भागेका बन्दी विश्वकर्माको खोजिका लागि प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2022-09-08 20:09:00

प्रतिकृया दिनुहोस्