कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन्।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो।
नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन १२ भदौमा पकाउ परेका थिए।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए।
नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए। र फेसबुकमार्फत माफी पनि मागेका थिए।