थपिए २०० कोरोना संक्रमित, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ३७ जनाको परीक्षण गर्दा दुई सय जनामा संक्रमण पुष्टि भएको हो।

१३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३ सय ३९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

दुई संक्रमितको निधन भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ।

प्रकाशित मिति: : 2022-09-03 18:15:00

प्रतिकृया दिनुहोस्