शनिबार, १२ जुलाई २०२५

‘परदेशमै जन्मे-हुर्केका नेपाली बालबालिकाहरुको नेपाली संगीत मोह’ (भिडियाे)

बिएल संवाददाता

बिएल संवाददाता

बेल्जियम
2022-09-02 19:38:00
BreaknLinks
• • •

पछिल्लो समय परदेशमा नेपाली बालबालिकाहरुको बाहुल्यता बढ्दो छ।

हिजोका दिनमा आफ्ना बुवाआमासंग सँगै गएका मात्रै थिए। तर पछिल्लो समय विदेशमा जन्मने नेपाली बालबालिकाहरुको संख्या बढ्दो छ।

युरोपियन मुलुकहरूमा पनि यो मात्रा बढ्दो छ। उनीहरू आफ्ना आमाबुवा तथा साथीहरुको माध्यमबाट नेपाली संस्कृति भाषा सिकिरहेका छन्।

उनीहरूले नेपाली गीत संगीतमा विभिन्न संस्थाको सहयोगमा नृत्य सिकिरहेका छन्। बेल्जियम यसको पछिल्लो उदारहण हो।

बेल्जियममा जन्मिएका नेपाली बालबालिकाहरु नेपाली गीत, नृत्यमा आफूलाई निखार ल्याउँदैछन् भने नेपाली भाषामा पनि अगाडि बढ्दैछन्।

भिडियो: इनास बेल्जियमद्वारा हरेक आइतबार बेल्जियमको ब्रुज सहरमा नृत्य सिकाइन्छ। उनीहरूले गरेको स्टेज कार्यक्रमको झलहरु। नृत्य रचना कँडेलको समूहले सिकाउँदै आएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?