जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ    

File Photo
File Photo

जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–११ क्वाछे बस्ने ४० बर्षीय दिपक तुल्सीब्याखो छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। 

जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराई दिने फैसला सुनाएको थियो। त्यसपछि उनी फरार रहेका थिए। 

फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2022-09-02 17:46:00

प्रतिकृया दिनुहोस्