स्व. गायक ज्याक्सनले लागुपदार्थ खरिद गर्न नक्कली परिचयपत्रको प्रयोग गर्ने गरेको खुलासा

तस्बिर : इन्टरनेट
तस्बिर : इन्टरनेट

सन् २००९ जुन २५ का दिन लस एन्जल्सस्थित आफ्नै निवासमा मृत भेटिएका प्रख्यात गायक माइकल ज्याक्सनले लागुपदार्थ खरिद गर्न १९ वटा नक्कली परिचयपत्रको प्रयोग गर्ने गरेको न्युयोर्क पोस्टले खुलासा गरेको छ।

गायक ज्याक्सनका निजि चिकित्सक कनरड मुर्रेका अनुसार गायक ज्याक्सन ‘Propofol’ नामक अत्यन्तै महँगो लागुऔषध नियमित रुपमा सेवन गर्थे। ज्याक्सनको मृत्युपछि उनलाई लागुऔषध उपलब्ध गराएको आरोपमा चिकित्सक मुर्रेलाई अदालतले चार वर्षको कैद सजाय तोकेको थियो।

ज्याक्सनको मृत्युको बारेमा हालै निर्माण भएको वृत चित्र ‘टीएमजेड इन्वेस्टिगेट्स: हू रियली किल्ड माइकल ज्याक्सन’ मा गायक ज्याक्सन निकै लामो समयदेखि लागुपदार्थको दुर्व्यसनी भएको र उनको मृत्यु अत्याधिक लागुऔषधको सेवनको कारण भएको दाबी गरिएको छ।

२९ अगस्ट, १९५८ मा जन्मेका ज्याक्सन आफ्नो नृत्य शैलीको कारण पनि लोकप्रिय छन्। उनका बिल्ली जिन, बिट इट, ब्याड आदि गीतहरु आज पर्यन्त लोकप्रिय छन्।

प्रकाशित मिति: : 2022-09-01 18:28:00

प्रतिकृया दिनुहोस्