सोनापुर सिमेन्ट उद्योग प्रभावित नागरिकद्वारा आइपिओमा समावेश गर्न माग

तुलसीपुर उपमहानगरपालिका १८ मा रहेको सोनापुर सिमेन्ट उद्योगबाट प्रभावित क्षेत्रका नागरिकहरुले आइपिओमा समावेश गर्न माग गरेका छन्।

उद्योग सञ्चालनमा रहेको वडा नम्बर १८ का नागरिकहरुका लागि मात्रै आइपिओमा समावेश गर्न थालेको भन्दै प्रभावित वडा नम्बर १७ र १९ का नागरिकहरुले समेत अतिप्रभावित क्षेत्रमा समावेश गर्नका लागि माग गरेका हुन्। 

नेपाल पूँजी बजार लगानी कर्ता संघ बिजौरी शाखाको नेतृत्वमा जनप्रतिनिधि सहितको टोलीले सिमेन्ट उद्योगका उद्योगका वरिष्ठ नायब प्रबन्धक गणेश दत्त भट्टलाई मागपत्र हस्तान्तरण गरिएको हो।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले कुनै पनि उद्योगले आफ्नो पूँजीलाई जनतामाझ पु¥याए मात्रै जनतामा अपनत्वको भावना विकास हुने भएकाले अधिकतम शेयर प्रभावित क्षेत्रका जनतालाई वितरण गर्नुपर्ने माग गरे। उनले  उद्योगले एकल बजारको अन्त्य गर्दै अतिप्रभावित क्षेत्रका नागरिकहरुलाई अधिकत १५ प्रतिशत नै शेयर वितरण गर्न आग्रह गरे। 

उद्योगका वरिष्ठ नायब प्रबन्धक गणेशदत्त भट्टले उद्योगले नियमानुसार जतिसक्दो बढी नै प्रभावित क्षेत्रमा शेयर वितरण गर्ने बताए। उद्योगले रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकाबाट कच्चा पदार्थ उत्खनन् गर्दै आएको छ भने उत्खनन गरिएको क्षेत्रबाट खानेपानी, वन वातातावरण, सडक क्षेत्रमा प्रभाव पर्दै आएको छ।

प्रकाशित मिति: : 2022-08-28 12:24:00

प्रतिकृया दिनुहोस्