लिबियामा भएको पछिल्लो झडपमा बाह्रको मृत्यु, सतासी जना घाइते

photo- daily sabah
photo- daily sabah

लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ। सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन्।
यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ। त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ।

सो हिंसामा परेर यहाँका अस्पतालमा पनि क्षति पुगेको छ। त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ। यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ।

शनिबार भएको यहाँका विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ। सो आक्रमणको संयुक्त राष्ट्रसङ्घीय मिसनले विरोध गरेको छ। लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ। 

प्रकाशित मिति: : 2022-08-28 12:04:00

प्रतिकृया दिनुहोस्