तीज उत्सवअन्तर्गत ब्याडमिन्टन प्रतियोगिता सुरु

File photo
File photo

हरितालिका तिजको अवसरमा लमजुङ मर्स्याङ्दी युवा क्लबले आयोजना गरेको तीज उत्सव अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। क्लबका पूर्वअध्यक्ष प्रवीण कुमार कायस्थको स्मृतिमा आयोजित खुल्ला युगल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो। 

तीन दिनसम्म जारी रहने प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा लमजुङसहित गोरखा, चितवन, बुटवल काठमाडौं लगायतका ठाउँबाट प्रतिस्पर्धाका निम्ति सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र र दुई समूहलाई नगद १० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको क्लबले जनाएको छ। 

विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका कारण विगतका दुई वर्ष कुनै पनि कार्यक्रम गर्न नपाएको क्लबले यस वर्ष प्रतियोगिता सहित सांगीतीक तिज उत्सव गर्ने भएको हो। तीजका अवसरमा हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि सोही क्रमलाई निरन्तरता दिँदै तिज उत्सव गर्न लागिएको क्लबले जनाएको छ। 

ब्याडमिन्टन प्रतियोगिताको अलावा हरितालिका तिजको मुख्य दिन १४ गते फूलबारी मञ्चमा विशेष साङ्गीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: : 2022-08-26 17:23:00

प्रतिकृया दिनुहोस्