८ हजार पर्ने बोतलमा ४० रुपैयाँको रक्सी, डान्स क्लवमा सप्लाई !

शनि शाक्य

काठमाडौं

विगत ६ महिनादेखि काठमाडौं उपत्यकाभित्रका नक्कली रक्सीको कारोबार भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंको टोलीले नक्कली रक्सीको उत्पादन, वितरण र बिक्री गर्ने गिरोहलाई पक्राउ गरेपछि नक्कली रक्सी प्रकरणको पर्दाफास भएको हो। 
प्रहरी टोलीले कोटेश्वर र भक्तपुरबाट गरेर कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिका २४ वर्षीय हरि ओली र भीमेश्वर नगरपालिका २९ वर्षीय भगवान् बस्नेत छन्।  यस्तै, कालिन्चोक बस्ने २० वर्षीय विशाल ओली,  काठमाडौं मूल पानी बस्ने २७ वर्षीय मनोज ओली र ठमेल बस्ने २७ वर्षीय गोपी श्रेष्ठ रहेका छन्।
उनीहरूले डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्स लगायत ब्रान्डेड मदिराको बोटलमा उनीहरूले सस्तो मदिरा राखेर बिक्री गर्ने गरेका खुलेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसएसपी भरत बोहोराले बताए। पक्राउ पर्नेहरूले ब्रान्डेड मदिराको बोटलमा सस्तो मदिरा मिसाएर बिक्री गर्ने गरेको खुलेको छ। यस्ता मदिरा नाइट क्लब, रेस्टुराँ र दोहोरी साँझमा पुर्‍याइने गरिएको पाइएको छ।
ब्रान्डेड मदिरालाई बजारमा चलेको भन्दा सस्तो मूल्यमा उनीहरूले बिक्री गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख भरत बोहोराले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नक्कली रक्सीको कारोबार विगत ६ महिनादेखि गरेको खुलेको छ।
उनीहरूले महँगो र सस्तो रक्सी बजारबाट किन्ने त्यसपछि सस्तो रक्सीमा थोरै मात्रमा महँगो रक्सी मिसाएर बिक्री वितरण गर्ने गरेको एसएसपी बोहराले बताए।

उनीहरूले महँगो रक्सीको बिर्को खोलेर अन्य रक्सी र केमिकल मिसाउने गरेका थिए। प्रहरीले यस्तो रक्सीमा मिसाउने कच्चापदार्थ समेत बरामद गरेको छ। त्यो बरामद कच्चा पदार्थमा कुन कुन केमिकल थिए भन्ने कुराको अनुसन्धान भइरहेको एसएसपी बोहोराले बताए।

भदौ ७ गते पक्राउ परेका उनीहरू विरुद्ध कालोबजारी गरेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं जिल्लाका प्रहरी प्रमुख एसएसपी भरत बोहोराले बताए।

प्रकाशित मिति: : 2022-08-26 16:34:00

प्रतिकृया दिनुहोस्