व्यक्तिगत हठ त्यागे एनआरएनएमा मिलाप आफैँ हुन्छः केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले संस्थाको हितका मिलाप भएकाे बताएका छन्। 

व्यक्तिगत हठ त्यागेर संस्थालाई पहिलो प्राथिमकता दिन सके मिलाप हुन सहज हुने उनले बताए। 

‘त्यो हामीले काठमाडौंमा देखाइसकेका छौं र बाँकी असमाञ्जस्यता छन् भने पनि अब पूर्णरुपमा हटाउन मदत पुग्नेछ’ उनले भने।

११० देशमा रहेका नेपालीको संस्कृतिसँग नेपाललाई जोडेर बृहत बनाउन सहयोग पुग्ने उनको भनाइ छ। ‘हामी नेपालसँग जोड्न लागिपरेका छौं, अरु संस्थाले योगदान दिन सक्दैन्’ उनले भने।

दोस्रो विश्वयुद्धपछि ६ लाख नेपाली थाइल्याण्डमा रहे पनि उनीहरूलाई पहिचान दिन नसकिएको उनले बताए।

‘३ पुस्ताको कागजात दिन नसकेपनि उनीहरुको आवाज उठाउन सहजीकरण गर्नेछौं, उनले भने, ‘नेपालीलाई भुटानबाट लखेटियो, संसारको विभिन्न कुनामा १ लाख बढी पुगेका छन्, उनीहरु नेपालसँग जोडिन चाहेका छन्। उनीहरुको कथा व्यथा समेट्न आवश्यक छ, नागरिकता ऐन सञ्चाएर पनि जानुपर्छ।’

अध्यक्ष केसीले सम्मेलनले सस्तो पारिश्रमिकमका मलेसियामा काम गर्ने बाध्यता र एसियाकै अन्य देशमा बढी पैसा कमाउनेको पनि समस्या रहेकाले दुई वटै समस्या समाधान गर्न पहल गर्ने बताए।

‘लगानीको नयाँ मोडालिटी बनाउन लागिएको छ, त्यसले नेपाल चिनाउन सहयोग गर्ने छ’ उनले भने। 
 

प्रकाशित मिति: : 2022-08-26 13:40:00

प्रतिकृया दिनुहोस्