बैंककमा एनआरएनएको ‘मिलाप’ सुरु

गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन सुरु भएको छ। 

असन्तुष्ट पक्षलाई समेटिएर मिलापलाई प्राथमिकतामा राखेर थाइल्याण्डको बैंककमा आजदेखि सम्मेलन सुरु भएको हाे। 

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ क्षेत्रीय संयोजक पारसमणि पोखरेलले लगानी भन्दा पनि मिलाप महत्वपूर्ण भएको बताए। साे सम्मेलनमा आत्मीयता, र संस्कृति झल्काउने खालक गतिविधि सञ्चालन हुने उनले बताए। 

त्यसैगरी २६ जना नेपाली कालाकारको टोली गएकाे सम्मेलनमा मिलापबाट नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन एसिया भेन्चर सञ्चालन गर्ने तयारी भएको उनले बताए।

त्यस्तै संयोजक डिपी कँडेलले श्रमिकका समस्याहरु विशेष रुपले उजागर गर्न चाहेको बताउँदै समस्या समाधान गर्ने प्रयास भइरहेकाे बाए।

३० देशका तीन सय जना सहभागिता भएकाे सम्मेलनमा सम्मानजनक समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको भूमिका, वैदेशिक रोजगारी, पढ्दै कमाउँदै, युवा तथा महिलाका सवाल, लैंगिक समानताका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन्।   

प्रकाशित मिति: : 2022-08-26 13:28:00

प्रतिकृया दिनुहोस्