एसियाली देशमा रहेका नेपालीबारे एनआरएनए गम्भीर छ: कुल आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यले एसिया प्यासिफिक एसिया र खाडी क्षेत्रका गैरआवासीय नेपालीका सवालमा संघ गम्भीर रहेको बताएका छन्।

बैंककमा संघको क्षेत्रीय सम्मेलनबारे जानकारी दिन आयोजित सम्मेलनमा बोल्दै आचार्यले यो क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीका सवालमा संघ गम्भीर रहेको बताएका हुन्।

सम्मेलनमा  श्रमिक, नेपाली अधिकारी र सम्बन्धित देशका निकायहरूसँग पनि छलफल र समन्वय गरिने उनले बताए।

सबै नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नका लागि तयारी भइरहेको र त्यसमा आवद्ध हुने तयारी गर्न उनले आग्रह गरे।

थाइल्याण्डको बैंककमा आजदेखि सुरू भएको ९ ‍औं एशियाली क्षेत्रीय सम्मेलन महामारीपछिको पहिलो भेटघाट भएकाे उनले बताए।

त्यसैगरी अध्यक्ष रबिना थापाले १० औं अविधेशनले भेटघाट सुरु भएको र थाइल्याण्डको सम्मेलनले अझ मिलाप बढाउने बताइन्। 

कोभिडपछि एनआरएनएको पहिलो कार्यक्रम भएकाले मिलापमा अझ बल पुगेको उनले बताइन्। श्रमिकका आवाज उठाइरहेको बताउँदै श्रमिकका समस्या समाधान गर्न खाेजेकाे उनले सुनाइन्। 

प्रकाशित मिति: : 2022-08-26 13:04:00

प्रतिकृया दिनुहोस्