बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा २०२ औं दीक्षान्त समारोह सम्पन्‍न

शनि शाक्य

काठमाडौं

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, सिन्धुलीमा २०२ औं दीक्षान्त समारोह सम्पन्‍न भएको छ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यमा बिहिबार प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको हो। 

उक्त समारोहमा महानिरिक्षकले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरुलाई पुरस्कार वितरण गरेकी थिइन्। त्यसैगरी तालिम प्रशिक्षणको क्रममा महत्वपूर्ण योगदान पुर्याउने प्रशिक्षकहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो। 

दिक्षित भएका प्रहरी जवानलाई शुभकामना दिँदै उनले भनिन्, 'प्रहरीले सिकेका ज्ञान, कौशल, सिप, कलालाई अनुशासित एवंम् व्यवसायिक आचरणभित्र रहेर तोकिएको जिम्मेवारीका साथै कार्यक्षेत्रमा कार्य सम्पादन पूरा गर्नुपर्छ।' 

प्रकाशित मिति: : 2022-08-25 21:31:00

प्रतिकृया दिनुहोस्