क्यान्सर अस्पतालकाे ३२ औँ काउन्सिल मिट सम्पन्न

शनि शाक्य

ललितपुर

क्यान्सर अस्पतालले ३२ औँ सुदिपता क्यान्सर सर्भिभोर भेटघाट सम्पन्न गरेको छ। बिहिबार ललितपुरको क्यान्सर अस्पतालमा भेटघाट सम्पन्न भएको हो। 

क्यान्सर रोगलाई ठूलो रोगको रुपमा नलिन र क्यान्सर पीडितिलाई हौसला दिन काउन्सलिङ राखेको अस्पतालले जनाएको छ। 

क्यान्सर लागेर अस्पताल आउनेहरुलाई हौसला दिँदै आइरहेको बताउँदै कार्यक्रमकी सञ्चालिका स्वरूपा श्रेष्ठले भनिन्, 'क्यान्सर पीडितहरूलाई डाक्टरले कक्षा दिनुहुन्छ।'

'प्रत्येक महिना क्यासर पीडितहरूलाई काउन्सिलिङ गर्दैआइरहेका छौँ' उनले बिएल नेपाली सेवासँग भनिन्, 'यहाँ आउने ९० प्रतिशत पीडितहरु हसिलो मुहार लिएर जानहुन्छ।'

आफूहरूले गरेको कार्यक्रमको मुख्य उदेश्य पीडितहरुको मनोबल बढाउनु भएको उनले बताए। 

डल्ली गुरूङको उपस्थिती रहेको सो कार्यक्रममा क्यान्सर रोगलाई जित्न सकिने बारे जानकारी गराइएको थियो। 


 
 

प्रकाशित मिति: : 2022-08-26 12:02:00

प्रतिकृया दिनुहोस्