काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा अवैध रुपमा बनाइएका संरचना हटाएको छ।
नक्सा पास नगरी बनाइएका संरचना बुधबार बिहान मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले हटाएको हो।
अवैध संरचना भत्काउन र पसल खाली गराउन काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ।