अफगानिस्तानमा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु, दुई घाइते

अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा आठ यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएको  प्रान्तीय ट्राफिक अधिकारी अब्दुल मतिनले बताएका छन्।

'आज दिउँसो यवन जिल्लामा गाडी पल्टिँदा एक महिला र एक बालक सहित आठ यात्रुको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्' मतिनले बताए।

अधिकारीका अनुसार पहाडी क्षेत्रमा सडकमा लापरवाहीपूर्वक सवारी चलाउनु नै दुर्घटनाको कारण हो।

पश्चिमी हेरात प्रान्तको शिनदण्ड जिल्लामा  पनि सोमबार भएको यस्तै  अर्को दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएको  प्रान्तीय प्रहरी प्रवक्ता महमूद शाह रसौलीले  उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2022-08-23 19:09:00

प्रतिकृया दिनुहोस्