जापानका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

File photo
File photo

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण पुष्टि भएपछि उनले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम समेत गरेका छन्।

मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए। 

उनलाई भेट्न आएका व्यक्तिबाट उनमा सङ्क्रमण सरेको आशंका गरिएको छ। सङ्क्रमण पुष्टि भएपछि उनका लागि तय गरिएका दर्जनौ कार्यक्रमहरु स्थगित गरिएका छन्।

कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ। उनी आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्ने भएको छन्।  उनले कोरोना भाइरस विरुद्धको चौथो पटकको खोप पनि लगाएका थिए। 

जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ। 

दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन्। सरकारले कारोना भाइरस विरुद्धको खोप लगाउने अभियानलाई तिव्रताका साथ अगाडि बढाइरहेको छ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण न्युनिकरणका लागि अपनाउनु पर्ने उपायहरु कडाइका साथ लागू गर्न पनि सरकारले अनुरोध गर्दै आएको छ।  
 

प्रकाशित मिति: : 2022-08-22 17:33:00

प्रतिकृया दिनुहोस्