इजरायलले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्दै

photo : reuters
photo : reuters

इजरायलले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको छ।

भूमध्यसागरीय मुलुकहरूबीच वर्षौंदेखि जारी तनावपूर्ण सम्बन्धपछि इजरायलका प्रधानमन्त्री याइर लापिडको कार्यालयले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको हो।

'दुई देशबीचको सम्बन्धलाई पूर्ण कूटनीतिक सम्बन्धको स्तरमा पु¥याउने र दुई देशका राजदूत तथा महावाणिज्यदूतलाई फिर्ता गर्ने निर्णय भएको छ,' प्रधानमन्त्री लापिडद्वारा हस्ताक्षरित बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: : 2022-08-17 17:29:00

प्रतिकृया दिनुहोस्