यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

File photo
File photo

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ। 

त्यस्तै युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा छ। 

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३६ पैसा र बिक्री दर ८९ रुपैयाँ ७८ पैसा छ। 

क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-08-16 10:58:00

प्रतिकृया दिनुहोस्