भारत र पाकिस्तानको रक्तपातपूर्ण विभाजनभित्र कैयौँ कहालीलाग्दा र यादगर कथा छन्।
आजभन्दा ७५ वर्षअघि ‘एउटा विशाल भारत’मा हिन्दू र मुस्लिम धर्म हाबी हुँदा राष्ट्र नै बाँडियो। पाकिस्तान इस्लामिक राष्ट्र बन्यो। पछि पूर्वी पाकिस्तान फेरि बंगलादेश बन्यो।
पाकिस्तान छुट्टिएपछि भारतले धर्म निरपेक्षताको बाटो रोज्यो। आजको भारत पनि उस्तै अशान्त छ। फेरि हिंसा मच्चिरहेको छ।
विभाजन पक्कै पनि दुःखद र पीडादायी छ। तर भारत-पाकिस्तानमा यस्ता व्यक्तित्वहरू छन्, जसको विरासत दुवै देशमा जिउँदैछ।
भारत र पाकिस्तानका नागरिकले फोटो पुज्ने व्यक्ति हुन्, प्रसिद्ध इन्जिनियर तथा समाजसेवी सर गंगाराम। भारतको दिल्ली र पाकिस्तानको लाहोरमा उनका नाममा फाउन्डेशन र अस्पताल छन्।
दुवै देशका नागरिकहरू अझैपनि साझा सम्पदाको प्रतीक मानिन्छन्, गंगारामलाई। उनी विभाजनअघि पाकिस्तानको लाहोर सहरमा बस्थे। तर विभाजनपछि उनी परिवारसहित दिल्ली सरेको भारतीय अधिकारीहरू बताउँछन्।
०००
भारत सन् १९४७ अगस्टमा बेलायती शासनबाट स्वतन्त्र भएको थियो। तर भारत र पाकिस्तान गरी दुई देशमा विभाजित गरियो। विभाजनसँगै लाखौँ–लाख मानिस धार्मिक हिंसाको सिकार भएको भारत–पाकिस्तानको ‘कालो इतिहास’ छ। र, त्योबेला १२ करोड मानिस शरणार्थी बनेको तथ्य पनि छ।
सात दशकदेखि भारतमा बस्दै आएकी सुदर्शना रानी आफ्नो भाग्य देखेर बेलाबेला दुःख व्यक्त गर्छिन्। उनी भारत बाँडिदा बच्चै थिइन्। साम्प्रदायिक रक्तपातले रानीको परिवारै सखाप भयो।
एकतिर देश विभाजनको पीडा, अर्कोतिर सानो भाइ पनि गुमाइन्। उनी आज एउटा इतिहास बोकेर भारतमा जिउँदै छिन्। तैपनि उनको मनमा संसार छोडेको भाइको सम्झना जिवितै छ।
०००
७५ वर्षअघि भारत टुटेर पाकिस्तान बन्दा हिंसा मच्चियो। अराजकता, भ्रम र धार्मिक हिंसाले २० लाख नागरिकले अकालमै ज्यान गुमाउन बाध्य भएका थिए। यो भारतीय मानव इतिहासको सबैभन्दा ठुलो र कहालीलाग्दो कथा हो।
भारतीय समाजमा राजनीतिक स्वार्थका कारण हिन्दू र मुस्लिम समुदाय बाँडिए। लगतै गाउँ, टोल, समाज अशान्त बन्यो। हेर्दाहेर्दै देशै विभाजन भयो। परिवार र आफन्त मारिए।
भारत–पाकिस्तान विभाजनपछि पनि बारम्बार युद्ध भइरह्यो। सीमापार आतंकवादी हमला झन्–झन् बढ्यो। दुवै देशमा बढ्दो राष्ट्रवादको प्रतिक्रियापछि सीमानामा ताल्चा लाग्यो। सुरक्षा कडा पारियो।
आजपनि दुवैतिर प्रजातन्त्र खोसिँदै गइरहेको छ। भारतमा बढ्दो हिन्दू राष्ट्रवाद र मुस्लिम विरोधी भावनाले समाज ग्रसित छ। पाकिस्तान इस्लामिक कट्टरपन्थले ग्रसित छ। विवादित हिमाली क्षेत्र कश्मीरको दुवै पक्षबाट सैन्यवाद र उग्रवादको बन्धक बनेको छ। विभाजनका सुत्रहरू सर्वव्यापी छन्।
०००
रक्तपात र विस्थापनका सम्झनालाई राष्ट्रवादी जोश र आपसी आशंकाले ठुलो मात्रामा धक्का दिएको छ।
विभाजनलाई नजिकबाट देखेकाहरू रक्तपातपूर्ण विभाजनभित्र लुकेको ‘भूत’ बिर्सन खोज्छन्। उनीहरू छोराछोरीसँग आफ्ना कथा साझा गर्न हिचकिचाउँछन्।
कैयौँ हजुरआमा र हजुरबुबाले आफ्नो ‘मुटु पोल्ने कथा’ चुपचाप एक्लै बोकेका छन्। भारत र पाकिस्तान बाँडिएका तर बाँचेकाहरू पुरानो घरमा तीर्थयात्रा गर्छन्।
भारत र पाकिस्तानबीच हिंसा हुँदा पियारालाल दुग्गल धानबारीमा लुकेर बाँचेका थिए। उनी हिन्दू विरोधी भीडबाट उम्किएर धन्न बाँचेको बताउँछन्।
जताततै धेरै कथा छन्, जसले भारत, पाकिस्तान वा बंगलादेशमा बसोबास गर्नेहरूका दुःख देखाउँछन्। त्योबेला लाहोर नजिकैको एउटा गाउँका एकजना मुस्लिमले भारतको रेल यात्रामा बाँचेको सम्झना गर्छन्। किनभने उनी मुस्लिम व्यक्ति थिए, हिन्दू भीडमा थिए। त्यहाँ धेरे हिन्दूहरू मारिए वा घाइते भए। तर उनी बाँचे।