बढ्न थाल्यो अपराध, के गर्दैछ प्रहरी ? (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

अघिल्लो वर्षको तीन महिनाको तुलनामा यस वर्षको तीन महिनामा आपराधिक गतिविधिमा वृद्धि भएको छ। हत्या, चोरी, संगठित अपराध, सामाजिक अपराध, सवारी अपराधहरु बढेको हो।

देशभर दुई आर्थिक वर्षको तीन महिना वैशाख, जेठ र असारमा अपराधको तथ्यांक तुलना गर्दा गत आर्थिक वर्षमा ३५.१ प्रतिशतले अपराध वृद्धि भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले बताए।

अघिल्लो आर्थिक वर्षको तीन महिनामा देशभर कुल ९ हजार ७१६ अपराध दर्ता भएकामा गत आवमा त्यो संख्या बढेर १३ हजार १२७ पुगेको हो। अघिल्लो आर्थिक वर्षको तीन महिनामा २ हजार ३२६ रहेको ज्यान सम्बन्धी अपराध दर्ता गत आवमा २ हजार ५२९ पुगेको छ।

ज्यान सम्बन्धी अपराधमा ८ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, चोरी सम्बन्धी घटना ६२ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आ.व.मा ५३६ रहेको चोरी सम्बन्धी अपराध दर्ता गत आवमा ८७० पुगेको हो।

यस्तै संगठित तथा आर्थिक अपराध ९८० बाट १ हजार ३७७ ९४०–५१ प्रतिशत पुगेको भने सामाजिक अपराध १ हजार ६७२ बाट बढेर २ हजार ५३९ ९५१.८५ प्रतिशत पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी महिला तथा बालबालिका सम्बन्धी घटना १२ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो आ.व.मा १ ‍हजार ९९ रहेको उक्त अपराध दर्ता गत आवमा १ हजार २३४ पुगेको हो। सवारी सम्बन्धी अपराध ३४ प्रतिशतले वृद्धि भएको छ।

‘चाँडै धन कमाउने लालसाले गर्दा अपराधहरु बढेको देखिन्छ,’ बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनम आइजी धिरजप्रताव सिंहले भने।

प्रकाशित मिति: : 2022-08-11 17:46:00

प्रतिकृया दिनुहोस्