शनिबार, १२ जुलाई २०२५

लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2022-08-10 16:18:00
News Image
• • •

लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन्। जसमा एक हजार सात सय ७६ पुरुष र एक हजार पाँच सय ५१ महिला मतदाता छन्।

गत १ असारदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाताले नाम लेखाएका हुन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी दुई स्थानमा नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन्।

लमजुङमा जिल्लाबाहिरका ५६ जना मतदाताले पनि नाम दर्ता गराएका छन्। यससँगै जिल्लामा कुल मतदाताको संख्या एक लाख ३४ हजार आठ सय २१ पुगेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?