नेपालबाट अमेरिका फर्किए नेपाली भाषी भुटानी-अमेरिकीका दुई रियालिटी शो 

अमेरिकामा बस्ने नेपाली भाषी भुट्निज अमेरिकीहरूका दुई रियालिटी शो  मेरो डान्स कप सिजन ४ र मेरो भ्वाइस कप सिजन २ को फाइनल यही अगष्ट १३ मा अमेरिकाको ओहायो राज्यको कोलम्बसमा आयोजना हुने भएको छ ।

आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ युएसए दुबै रियालिटी शोका १२-१२ प्रतिस्पर्धी लिएर नेपाल आएकोमा ८ फाइनालिस्ट लिएर अमेरिका फर्केको हो । फाइनालिस्टका रूपमा  मेरो डान्स कप सिजन ४ ले तीन किशोरी आयुसा समाल, सुमिका समाल र रेनुका राई पाएको छ भने मेरो भ्वाइस कप सिजन २ ले तीन युवा बाबा खालिङ, प्रवीन बर्देवा, करन तामाङ र दुई युवती लीला गजमेर र शीतल शर्मा पाएको छ ।  

मेरो डान्स कप सिजन ४ का फाइनालिस्टमा ओहायो राज्यको बर्चश्व रहेको छ । तीनैजना फाइनालिस्ट ओहायोकै हुन् । उनीहरूमध्ये समाल क्लिभल्याण्ड, रेनुका ह्यामिल्टन र सुमिका एक्रोनका हुन् । 

मेरो भ्वाइस कपमा निर्णायकहरू त मार्क दिने मेशिन र प्रशस्ति गाउँने भाटजस्तै देखिए । उनीहरूले आफू जज (न्यायमूर्ति)को कुर्सीमा छु र त्यो कुर्सीको लाज राख्न पनि आफू त्यही अनुसार प्रस्तुत हुनुपर्छ भन्ने मात्र हैन, जजको न्युनतम कखरा पनि बिर्से ।

तर, मेरो भ्वाइस कप सिजन २ मा भने ओहायोको बर्चश्व छैन । ओहायोबाट एट्नाकी शीतल शर्मा मात्र फाइनलमा पुगेकी छिन् । बाँकि चारमध्ये  लीला गजमेर र करन तामाङ पेन्सेल्भेनियाका हुन् भने बाबा खालिङ र प्रवीन बर्देवा जर्जियाका ।

अमेरिकाका भुट्निज नेपालीहरूमाझ एमडीसी र एमभीसी भनेर चिनिने यी रियालिटी शोहरू विश्वभरका नेपालीहरूको भनेर जति नै फराकिलो बनाउन खोजिए पनि यिनिहरूको दायरा अमेरिकामा रहेका सिमीत भुट्निज नेपालीभन्दा बाहिर गएको छैन । कार्यक्रममा अमेरिकामा धेरै नेपाली भाषी भुट्निज अमेरिकीहरूको बसोबास रहेका ओहायो, पेन्सेल्भेनिया, जर्जियाकै बर्चश्व रहने गरेको छ । 

यसपटकका फाइनालिस्ट पनि यीनै तीन राज्यका मात्र छन् । 

प्रतियोगिताको आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ युएसए हो । यो फाउन्डेसनका संस्थापक डिल्ली अधिकारी हुन् । उनी मूलत:  अमेरिका आएका भुट्निज नेपाली समुदायका वृद्धवृद्धा र अपाङ्गहरूको हेरचाह गर्ने होमकेयर व्यवसाय सञ्चालन गरेर आर्थिक रूपमा तरक्की गरेका युवा हुन् । फाउन्डेसन स्थापना र सञ्चालनमा उनलाई आफूजस्तै व्यवसाय सञ्चालन गरिरहेका आफ्नै समुदायका केही व्यवसायीहरूको पनि सहयोग छ ।

यो संस्था अमेरिकामा दर्ता भएको एक गैरनाफामुखी अमेरिकी संस्था हो । यसले नेपालमा पनि केही समययता आफ्नो गतिविधि बढाइरहेको छ । तर, यसपटक यसले कानूनी प्रक्रिया पूरा नगरी गतिविधि गरिरहेको दाबी गर्दै रोक्नका लागि अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री कार्यालयमै निवेदन दर्ता गराए ।

मेरो डान्स कप र मेरो भ्वाइस कप राम्रो उद्देश्यका साथ आयोजना भएका हुन् । यसका लागि आयोजकहरू धन्यवादका पात्र छन् । तर, त्यसो भन्दैमा  न आयोजकले आफ्ना सीमाहरू बिर्सनु हुन्छ न समर्थकहरूले भावनामा बगेर जे गर्न पनि पाउँनुपर्ने वकालत गर्न नै मिल्छ ।

यो निवेदनलाई लिएर नेपाली र नेपाली भाषी भुटानी-अमेरिकी दुबै समुदायबाट मिश्रित प्रतिक्रिया मिल्यो । केहीले कानून सबैले मान्नुपर्ने बताउँदै त्यसको पालना गर्नुपर्ने बताए र केही भने नेपाली भाषीले गरेको यी कार्यक्रममा यस्ता कुरा झिकेर आयोजकहरूको भावनामा चोट पुर्याउन नहुने पक्षमा देखिए । 

यो विवाद भुसको आगोझै सल्किन थालेपछि आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ युएसएले दुबै रियालिटी शो फिनाले अमेरिकामै गर्ने निर्णय गरेर फर्किएको बताइन्छ । शायद बिचैमा रोक्नु परेकाले मेरो भ्वाइस कप सिजन २ ले पाँचजना फाइनालिष्ट पायो भने मेरो डान्स कप सिजन ४ का फाइनालिस्टहरूको संख्या तीन मात्रै रह्यो । 

नेपालमा छायांकन गरी ग्यालेक्सी फोर के  टेलिभिजन च्यानलबाट प्रसारित कार्यक्रमले आशातित दर्शक पाएन । झिलिमिली सेट, ठूला कदका निर्णायक, स्वनामधन्य पाहुना हुँदाहुँदै पनि आशातित दर्शक पाउँन नसक्नुमा कार्यक्रममा सहभागीहरूको गुणस्तरीयता नै प्रमुख थियो । मेरो डान्स कपका प्रतिस्पर्धीहरूले गतिला कोरियोग्राफ पाएपछि गतिलै प्रस्तुति दिन सफल भए पनि मेरो भ्वाइस कपका प्रतिस्पर्धीहरू भने गतिला कोच पाएर पनि छोटो समयका कारण साधना र क्षमतामा कच्चै देखिए । 

शोका होस्टहरूले त आफू प्रशंसाका लागि नै जन्मेको जस्तो गरे । लाग्थ्यो, उनीहरू अहिलेसम्म यही प्रशंसाको पुल बाँध्नकै लागि यो क्षेत्रमा  अभ्यास गरिरहेका थिए । होस्टहरू मास्टर अफ सेरेमनी हुन् ,भाट हैनन् । उनीहरूले के पनि बिर्सनु हुदैन भने प्रशंसाले कसैलाई भगवान पनि बनाउन सकिदैन।

अधिकांश निर्णायकहरू भावनामा बगेर यथार्थमा उनीहरू के गरिरहेका छन् भन्ने नै बिर्सिए । यही क्रममा प्रतिस्पर्धीहरूले थेग्ने नसक्ने मार्क र प्रशंसा दिएर दर्शकहरूलाई नै तीन छक्क पारे । खासगरी मेरो भ्वाइस कपमा निर्णायकहरू त मार्क दिने मेशिन र प्रशस्ति गाउँने भाट नै देखिए । उनीहरूले आफू जज (न्यायमूर्ति)को कुर्सीमा छु र त्यो कुर्सीको लाज राख्न पनि आफू त्यही अनुसार प्रस्तुत हुनुपर्छ भन्ने मात्र हैन, जजको न्युनतम कखरा पनि बिर्से । हो, प्रतिभाको सह्राना गर्नुपर्छ, उनीहरूलाई अभिप्रेरणा दिनुपर्छ तर थेग्नै नसक्ने प्रशंसाले प्रतिभाको सम्मान हैन, अपमान हुन्छ भन्ने सत्य पनि बिर्सनु हुदैन। 


शोका होस्टहरूले त आफू प्रशंसाका लागि नै जन्मेको जस्तो गरे । लाग्थ्यो, उनीहरू अहिलेसम्म यही प्रशंसाको पुल बाँध्नकै लागि यो क्षेत्रमा थिए । होस्टहरूको एउटा नैतिक बन्धन हुन्छ त्यो के भने उनीहरू मास्टर अफ सेरेमनी हुन्, भाट हैनन् । उनीहरूले के पनि बिर्सनु हुदैन भने प्रशंसाले कसैलाई भगवान बनाउन सकिदैन।

जे भए पनि मेरो डान्स कप र मेरो भ्वाइस कप राम्रो उद्देश्यका साथ आयोजना भएका हुन् । यसका लागि आयोजकहरू धन्यवादका पात्र छन् । तर, त्यसो भन्दैमा न आयोजकले आफ्ना सीमाहरू  बिर्सनु हुन्छ न समर्थकहरूले भावनामा बगेर जे गर्न पनि पाउँनुपर्ने वकालत गर्न नै मिल्छ ।

प्रकाशित मिति: : 2022-08-10 22:25:00

प्रतिकृया दिनुहोस्