लालु यादवकी कान्छी बुहारी बिहारको उपमुख्यमन्त्री बन्दै

Bhaskar
Bhaskar

बिहारका मुख्यमन्त्री नितिश कुमारले राष्ट्रिय जनता दलका शीर्ष नेता तेजस्वी यादवकी श्रीमती राजश्री (राचेल)लाई उपमुख्यमन्त्री बनाउने चर्चा चुलिएको छ। उनी बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवकी कान्छी बुहारी हुन्।

मिडिया स्रोतकाअनुसार तेजस्वी यादवसहित परिवारका प्रायः नेता–नेत्रीमाथि घोटालाको दाग लागेको छ। त्यसो त नितिश कुमार नेतृत्वको सरकारमा राजश्री नै उपमुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।

लालु यादवको परिवालाई लक्षित गरेर भाजपाले भष्टाचारको विषयलाई गम्भीर रूपमा उठाउँदै आएको छ। 

पारिवारिक स्रोतकाअनुसार नेत्री राजश्रीमाथि घोटालाको कुनै आरोप लागेको छैन। त्यसैले पनि लालु परिवारबाट उनको नामको सबैभन्दा धेरै चर्चामा छ।

कान्छी बुहारीलाई उपमुख्यमन्त्री बनाउने विषयमा लालु परिवार र राष्ट्रिय जनता दलका प्रमुख नेताहरूबीच व्यापक छलफल भइरहेको छ। लालु यादव यसअघि नै चारा घोटालाको मुद्दामा जेल जीवनको सामना गरिरहेका छन्। त्यसपछि उनीविरुद्ध रेल्वेमा जग्गा लिएर जागिर दिएको छुट्टै मुद्दा दर्ता भएको छ।

लालुकी श्रीमती तथा पूर्वमुख्यमन्त्री राबडीदेवी यादव र उनकी जेठी छोरी मीसा भारतीको नाममा पनि उस्तै मुद्दामा चलिरहेको छ। यी दुवै मुद्दा सीबीआईमा छन्।

रेल्वे मामिलामा सीबीआईको टोलीले अघिल्लो महिनामा छापा मारेको थियो। यसबाहेक रेल्वे होटलको टेन्डरबारे पनि सीबीआईमा मुद्दा दर्ता भएको छ। मुद्दामा पूर्वमुख्यमन्त्री लालु, राबडी र पूर्वमन्त्री तेजस्वी यादवको नाम उल्लेख छ।

लालुप्रसाद र उनको परिवारका कैयौं व्यक्ति कानुनको कठघरामा उभिएका छन्। अनुसन्धान निकायले कारबाही अघि बढाएको खण्डमा बिहार राज्य सरकार नैतिक संकट फस्ने छ। त्यसैले पनि राजनीतिमा पूर्ण छवि बनाएकी राजश्रीको नाम अगाडि देखिएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले बिहारको बदलिँदो राजनीतिमा गम्भीर नजर राखेको छ।

विगत तीन दिनदेखि खाद्यान्नका हरेक समाचार सरकारी निकायमार्फत केन्द्र सरकारसम्म पुगिरहेका छन्। 

यसअघि यादव परिवारले लालु चारा घोटालामा फसेपछि श्रीमती राबडी देवीलाई मुख्यमन्त्री बनाइएको थियो। त्योबेला वरिष्ठ नेतालाई उछिनेर मुख्यमन्त्रीका लागि राबडीदेवीको नाम प्रस्ताव गरिएको थियो। त्यसैले पनि राजश्रीलाई उपमुख्यमन्त्री बनाउने सम्भावना छ।

लालुका कान्छा छोरा तेजस्वीले सन् २०२१ मा राजश्रीसँग विवाह गरेका हुन्। विवाह समारोह दिल्लीको साकेतस्थित मीसा भारतीको सैनिक फार्म हाउसमा भएको थियो।

प्रकाशित मिति: : 2022-08-09 20:37:00

प्रतिकृया दिनुहोस्