बैंक अफ काठमान्डूको भदौ २ बाट ऋणपत्र खुल्ने

File photo
File photo

बैंक अफ काठमान्डूले भदौ २ बाट ११ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिइकाइ एक हजार रुपैयाँकाे दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ।

यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ। यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ। सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउनेछन्।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ। यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम् एक लाख इकाइसम्म आवेदन दिन सकिनेछ।
बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यपिटलले गर्नेछ।

यो ऋणपत्रमा छिटोमा ७ भदौसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा आवश्यक मात्राकाे बिक्री नभएमा भने १६ भदौसम्म भर्न सकिनेछ। यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
 

प्रकाशित मिति: : 2022-08-09 11:11:00

प्रतिकृया दिनुहोस्