कर्णाली सरकारले गर्‍यो १६ किलोमिटर सडक कालोपत्रे

File Photo
File Photo

कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगती विवरण सार्वजानिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ। 

प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रम्मा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पीच गरेको प्रगती समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो। त्यस्तै ग्रावेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ।

त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ। आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रगती विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन्। प्रगती विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ। 

सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए। मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्प्रीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोर्याउन समेत आग्रह गरेका थिए। 

सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगाएतका ठूला विकासका काम गर्दै आएको छ। कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो। बेरूजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ। ५४ करोड रूपैयाँ बेरूजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ। 

यो वर्षमा अधुरा योजनाहरू पुरा गर्नका लागि अधिकांश बजेट खर्चिएका कारण परिणाम देखिने कर्णाली सरकारको दावी रहेको छ।

प्रकाशित मिति: : 2022-08-05 06:29:00

प्रतिकृया दिनुहोस्