अमेरिका उत्तेजक, चीन पीडितः बेइजिङ

File photo
File photo

ताइपेय–ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको चीनले जोड दिएको छ। अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको पृष्ठभूमिमा चीनको उक्त भनाई आएको हो।

‘चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो’ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित ब्रिफिङमा भनिन्।

उनले अगाडि भनिन्, ‘पेलोसीको ताइवान भ्रमणको अहिलेको सेरोफेरोमा अमेरिका उत्तेजक हो भने चीन पीडित। अमेरिका र ताइवानको संयुक्त उत्तेजना पहिला आयो, त्यसपछि चीनको बचाउ आएको हो।’

सभामुख पेलोसीको भ्रमणप्रतिचीन क्रुद्ध छ। उसले ताइवानको उत्तरी, दक्षिण पश्चिम र दक्षिणपूर्वमा हवाई र समुद्रमा आक्रमण गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: : 2022-08-03 15:43:00

प्रतिकृया दिनुहोस्