घर फर्किन आग्रह गर्दा श्रीलंकाली राष्ट्रपतिले भने– घर भए पो फर्कर्नु

Photo: Agency
Photo: Agency

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन्।

श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की दिएको कोलम्बो ग्याजेटले जनाएको छ।

विक्रमासिंघेले भने,‘मसँग जाने घर नभएकाले प्रदर्शनकारीलाई त्यस्तो माग  नगर्न आग्रह गरिरहेको छु।’

यसअघि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनको निवासमा आगजानी गरेका थिए। राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

तीब्र विरोधबीच उनी केही दिनअघि श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए। 

– एजेन्सी

प्रकाशित मिति: : 2022-08-01 08:22:00

प्रतिकृया दिनुहोस्