भारतलाई तनाब दिँदै विवादित सीमाक्षेत्रमा बस्ती बसाल्दै चीन

global times
global times

भारतलाई तनाब दिँदै चिनियाँ सरकारले विवादित सीमाक्षेत्रमा आफ्ना लाखौँ तिब्बती नागरिकलाई जबरजस्ती बसाउने तयारी थालेको छ।

चीनले सन् २०३० सम्ममा एक लाखभन्दा बढी तिब्बतीलाई स्थानान्तरण गर्ने योजना सार्वजनिक गरेको हो।

स्रोतका अनुसार तिब्बती नागरिकलाई दोस्रो स्थानमा सार्नुको उद्देश्य परम्परालाई नष्ट गर्न र भारत–चीन सीमाक्षेत्रमा आफ्नो नियन्त्रण बढाउनु हो। विवादित सीमाक्षेत्रमा नयाँ वस्ती बसाउनको लागि चीनले आक्रामक रणनीति अपनाएकाे छ।

स्रोतका अनुसार भारत, भुटान र नेपाली सीमाक्षेत्रमा बलियो पकड बनाउन खोजिरहेको छ।

त्यसो त विवाद समाधान गर्नका लागि दुई देशका उच्च अधिकारी चरण–चरणमा वार्ता भइरहेको छ। तर चीनले तिब्बती नागरिकका लागि भारतीय सीमाक्षेत्रमा वस्ती बसाउने तैयारी गरिरहेको खुलासा भएको छ। 

हिमालय क्षेत्रका ६२४ स्थानमा सीमा–वस्ती बसाल्न लागिपरेको चिनियाँ सञ्चारमाध्यमको दाबी छ।पर्यावरण संरक्षणका लागि वस्ती बसाल्नु परेको चिनियाँहरू बताउँछन्।

स्रोतका अनुसार झण्डै २० लाख तिब्बतीहरू भारत–चीन सीमाक्षेत्रमाा सर्नेछन्। सन् २०१८ देखि २०२५ सम्म कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्र (टीएआर)मार्फत् शिगात्से, नाथचू र नगारीका एक लाख ३० हजार तिब्बतीलाई सार्ने योजना बनाएको छ।

तीमध्ये एक लाख नागरिक यारलुंग त्सांगपो नदी किनारमा बस्नेछन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२१ को जुलाईमा भारतीय प्रान्त अरुणचलसँग सीमा जोडिएको निंगचीको यात्रामा निस्किएका थिए। उनले स्थानीयवासीसँग भेटवार्ता समेत गरेका थिए।

प्रकाशित मिति: : 2022-07-31 14:19:00

प्रतिकृया दिनुहोस्