हाँसो उदास मान्छेका निम्ति औषधि हो। कमेडियन सुमन कार्की साथीभाइका लागि त्यही औषधि बनिदिन चाहन्थे।
चाहे कक्षाकोठामा गुरुको नक्कल गरेर होस् या राजनीतिज्ञको हाउभाउ गरेर बालक सुमनको एक मात्रै प्रयत्न हुन्थ्यो– हँसाउने।
१२ कक्षा पढ्दै गर्दा सुमनले जब मञ्च पाए तब आफैँभित्रको ‘कमेडियन’लाई पहिलोपटक भेट्टाएका हुन्। यो नै उनको जीवनको पहिलो ‘खुड्किलो’ हो भन्दा अत्युक्ति नहोला।