यु- २० साफ : कति छ नेपालकाे च्याम्पियन बन्ने सम्भावना ?

भारतमा जारी यु- २० साफ च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेकाे छ। साेमबार भएकाे उद्घाटन खेलमा माल्दिभ्सलाई पराजित गरेर सुखद सुरूवात गरेकाे नेपालले बुधबार श्रीलङ्कामाथि जित निकाल्याे। नेपालले अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्न सफल भएकाे छ।

गत सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएर पहिलाे जित हात पारेकाे थियाे। पहिलाे खेलमा दीपेश गुरुङ ४२औँ मिनेटमा गरेको गोलले उक्त खेललाई अग्रता दिलाएको थियो। खेलको ५८औँ मिनेटमा सुगम सुवाले काउन्टर अट्याक गरी गोल हान सफल भएका थिए।

त्यस्तै खेलको ६१औँ मिनेटमा नेपाले पाएको पेनाल्टीमा कृतिशरत्न छुन्जुले नेपाललाई तेस्रो अंक जोड्न सफल सफल भएका थिए भन्ने खेलमा भएको इन्जुरी समयमा मनग्यले गोल गर्दा नेपालले पहिले जित हात पार्न सफल भएको थियो।

त्यस्तै बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा पनि नेपाले जित हात पार्न सफल भएको थियो। श्रीलंकासँग भएको खेलमा खेलको ५८औँ मिनेटमा कप्तना आयुष घलानले गोल गरी खेललाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ६५औँ मिनेटमा कृतिशरत्न छुन्जुले र खेलको ८४औँ मिनेटमा मनग्यले गोल गरी नेपाललाई दोस्रो जित हात पारेको थियो। पहिलो खेल र दोस्रो खेलमा कृतिशरत्न छुन्जु र मनग्यले १–१ गोल गरेका थिए।

त्यस्तै हिजो भएको अर्काे खेलमा बङ्गालदेले भारतलाई २-० ले हराउँदै जित निकाल्न सफल भएकाे छ। नेपालले ६ अकं जोडी उक्त खेलको शीर्ष स्थानमा पुग्न सफल भएको छ भने बङ्गालादेशले पनि ६ अंक जोडेर दोस्रो स्थानमा आउन सफल भएको छ।

दोस्रो खेल जितेसँगै नेपाल अग्रस्थानमा आउन सफल भएको छ। यो हेर्दा नेपालले च्याम्पियन भन्ने सम्भावना प्रवल छ। दुई खेलमै विपक्ष टोलीको एक गोल पनि गर्न सकेनन्, यसबाट नेपालकाे खेल उत्कृष्ट रहेकाे अनुमान लगाउन सकिन्छ। त्यसैले यसपट नेपालले ट्रफी नेपाल भित्र्याउने सम्भावना बलियाे छ।

नेपालले अब तेस्रो खेल आइतबार भारतसँग खेल्ने छ भने मगंलबार आफ्नाे प्रतिस्पर्धमा बंलादेशकाे सामना गर्ने छ।

उपाधिको लागि अन्तिम दुई टाेलीले शुक्रबार प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: : 2022-07-28 15:03:00

प्रतिकृया दिनुहोस्