स्वारेज पूर्वक्लब नासियोनल फर्किने

File photo
File photo

युरोपेली महारथि क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन्। ३५ वर्षीय उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लविहीन छन्।

स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए। तर, स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय गरेका हुन्।

उनले सन् २००५ मा नासियोनलबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए। उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेल खेल्दै ३२ गोल गरेका छन्।

त्यसअघि उनी बार्सिलोना र लिभरपुलमा आवद्ध थिए। 

प्रकाशित मिति: : 2022-07-27 12:22:00

प्रतिकृया दिनुहोस्