म्यानमारको सेनाले गर्‍यो मृत्युदण्डको बचाउ

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यानमारको सेनाले यसै साता चार जना अभियानकर्मी माथि दिइएको मृत्युदण्डको बचाउ गरेको छ।

सेनाले मंगलबार देशले दशकमा पहिलो पटक मृत्युदण्ड दिएको थियो। मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो। सजाय पाएकामध्ये दुई जना मृत्युदण्डको हकदार भएको सेनाले जिकिर गरेको छ।

मृत्युदण्डबारे गरिएका अन्तर्राष्ट्रिय निन्दाको जुन्ताले कडा आलोचनासमेत  गरेको छ। उनीहरूलाई कानुनी पक्रिया पूरा गरेर सजाय दिइएको सेनाले दाबी गरेकाे छ। प्रवक्ता जाव मिन टुनले दोषीलाई ‘अदालती प्रक्रियाअनुसार आफ्नो प्रतिरक्षा गर्ने अधिकार दिइएको’ बताए।

‘हामीले उनीहरूको सजायलाई अन्य मृत्युदण्डका मुद्दाहरूसँग तुलना गर्ने हो भने उनीहरूलाई धेरै पटक मृत्युदण्ड दिइनु पर्ने थियो’, उनले राजधानी नेपिडाउमा नियमित पत्रकार सम्मेलनमा भने। उनीहरूले धेरै निर्दोष मानिसलाई हानि गरेको उनले दाबी गरे।

मृत्युदण्ड पाउनेमा आङ सान सुकीको पार्टीका पूर्वसांसद थिए। उनलाई भिडियो कन्फरेन्समार्फ परिवारका सदस्यहरूसँग भेट्न अनुमति दिइएको उनले बताए।


‘ज्यानमारा राज्य’को अति भो ज्यादती


सेनाले पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको अभियोग लगाएको थियो।

जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो। जुन्ता सरकारले गत वर्ष फेव्रुवरीमा आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो। जुन महिनामा सेनाले मृत्युदण्डको घोषणा गर्दा अन्तर्राष्ट्रिय समुदायले त्यसको निन्दा गरेको थियो।

– एजेन्सी

प्रकाशित मिति: : 2022-07-27 09:18:00

प्रतिकृया दिनुहोस्