इरानमा छ जना सशस्त्र लागुऔषध तस्कर मारिए

इरानी प्रहरीले दक्षिणी प्रान्त केरमानमा गरेको कारबाहीमा छ सय ९७ केजी अवैध लागुऔषध बरामद गर्नाका साथै छ जना सशस्त्र तस्करलाई मारेको प्रान्तीय प्रहरी प्रमुख अब्दोलरेजा नाजेरीले बताएका छन्। 

कारबाहीका क्रममा तस्करहरूबाट हातहतियार र ठूलो परिमाणमा गोला बारुद फेला परेको उनले बताए। तस्करकरूको आक्रमणमा परी एकजना प्रहरी जवानको मृत्यु भएको र पाँचजना घाइते भएका छन्। 

अफगानिस्तानबाट युरोपसम्म लागूऔषध तस्करी गर्न सशस्त्र तस्करहरूले इरानलाई प्रयोग गर्दै आएका छन्।

विगत केही दशकयता  इरानका पूर्वी र दक्षिणपूर्वी सीमानामा सुरक्षा बलहरू र सशस्त्र लागूऔषध तस्करबीच घातक झडप हुँदै आएका छन्। 
 

प्रकाशित मिति: : 2022-07-26 20:44:00

प्रतिकृया दिनुहोस्