गैँडाकोटको बेरुजु नौ करोड

File photo
File photo

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ मा गैँडकोटको बेरुजु बढेको हो।
 
गैँडाकोटमा हालसम्म रु नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ।आव २०७६-७७ मा भन्दा आव २०७७-७८ नगरपालिकाको बेरुजु बढेको हो।महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६-७७ सम्म गैँडाकोटमा रु चार करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७-७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु थपिएको छ। 

आव २०७६÷७७ को बेरुजुसमेत समायोजन र समपरीक्षणबाट फछ्र्यौट एवं आव २०७७-७८ को रु पाँच करोड ४२ लाख ४४ हजारसहित रु नौ करोड १९ लाख ८५ हजार बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकामा आव २०७७-७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु रहेको छ।त्यस्तै आव २०७६÷७७ मा रु दुई करोड ६० लाख दुई हजार, आव २०७५-७६ मा रु पाँच करोड ९९ हजार र आव २०७४-७५ मा रु एक करोड ४२ लाख ६० हजार बेरुजु थियो। 

बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की रकम गरी हालसम्मको अद्यावधिक बेरुजु रु नौ करोड १९ लाख ८५ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2022-07-25 12:08:00

प्रतिकृया दिनुहोस्