विश्वलाई तनाव दिने गरी जापानले जारी गर्‍याे रक्षा दस्तावेज

जापान सरकारद्वारा शुक्रबार (२२ जुलाई )मा जारी वार्षिक रक्षा दस्तावेज (एनुअल डिफेन्स रिपोर्ट)ले सम्पूर्ण विश्वलाई नै तनाव बढाइदिएको छ। ५ सय पृष्ठ भएको यो दस्तावेजमा रुस-युक्रेन युद्ध र चीन-ताइबान बिचको तनावको कारण विश्व मानचित्रबाट सम्पूर्ण युरोपको अस्तित्व मेटिने सम्भावना रहेको उल्लेख गरिएको छ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाको मन्त्री मण्डलले स्वीकृत गरेको यो स्वेत पत्रमा सुरक्षा चिन्ताबाट मुक्त हुन् सैन्य क्षमता बढाउन जोड दिइएको छ। प्रधानमन्त्री किशिदाको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको सरकारले रक्षा बजेट दुई गुणा बढाउने कुरा रक्षा मन्त्री नोबुओ किशीले पत्रकारहरुलाई बताएका छन्।

यो दस्तावेजमा अमेरिका र चीन बिचको तनावबारे पनिउ ल्लेख गरिएको छ साथै चीन र रुसको कारण तनाव बढ्न सक्ने चिन्ता पनि गरिएको छ। प्रस्तुत दस्तावेजमा कुनै कारणले विश्वमा युद्ध हुनगएको खण्डमा सबैभन्दा बढी खतरा चीन, रुस र उत्तर कोरियालाई हुन् सक्छ।

यसैबीच यो दस्तावेजबारे चीनले जापानलाई मनगणन्ते कुरा गरेर विश्वलाई त्रासको वातावरणमा नधकेल्न सल्लाह दिएको छ तर अन्य राष्ट्रहरुले यो समाचार तयार पारुन्जेलसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति: : 2022-07-23 11:20:00

प्रतिकृया दिनुहोस्