अराजकताले घेरियाे श्रीलंकाः कार्यवाहक राष्ट्रपति पनि हटाउन माग

CNN/ Nytimes

श्रीलंकाको विरोध प्रदर्शनको केन्द्रविन्दु रहेको गल फेस ग्रीनमा असाध्यै गर्मी दिन छ। पालैपालाेभित्रबाट एक जना महिलाले गाएको गीत गुञ्जिइरहेको छ।

महिनौँदेखि यी प्रदर्शनकारीहरू अलोकप्रिय बन्दै गएका राष्ट्रपति गोटाबय राजपक्षको राजीनामा सिन्हाला भाषामा अरगालय अर्थात् सङ्घर्षको अग्रपङ्क्तिमा रहँदै आएका छन्।

श्रीलंकालीहरू गोटाबय र उनका दाजु तथा पूर्व राष्ट्रपति महिन्दालाई देशको अर्थव्यवस्था ध्वस्त हुनुका जिम्मेवार ठान्छन्। सबै अपेक्षाहरूलाई चुनौती दिँदै प्रदर्शनकारीहरूले जितेका छन्। गत हप्ता सबैले चिन्ने नाम गोटाबय ले राजीनामा दिएर देशबाट भागेका छन्।

तर अब साह्रै कठिन स्थिति आएको छ– राजपक्ष भागे पछिको राजनीति ठेगानमा ल्याउनु र असाध्यै कठिन निर्णयहरू गर्नुपर्नेछ।

राजपक्ष भागेपछि प्रदर्शनकारीहरूले अलोकप्रिय पूर्व प्रधानमन्त्री रनिल विक्रमसिङ्घमाथि आँखा लगाएका छन्।

श्रीलंकामा करिब दुई दशक शासन चलाएको राजपक्षसँग नजिकको सम्बन्ध भएको व्यक्तिका रूपमा विक्रमसिङ्घलाई लिइन्छ। वर्तमान कार्यवाहक राष्ट्रपतिसँग नागरिकका आँखामा असाध्यै कम वैधानिकता छ।

क्रमसिङ्घ विगतमा राष्ट्रपतीय निर्वाचन अभियानमा विफल भएका र संसद्मा सन् २०२० मा आफ्नै सीट समेत गुमाउन पुगेका व्यक्ति हुन्।

आफू भाग्दै गरेका बेला राजपक्षले कामचलाउ नेता बनाइदिएकाले अहिले परिस्थितिवश उच्च पदमा आसीन भएको व्यक्तिका रूपमा उनलाई हेरिन्छ।

गत बुधवार हजारौँ श्रीलंकालीहरूले प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गरेका थिए। गल फेस ग्रीनमा 'गोटा गो होम' अर्थात् गोटा घर जाऊ भन्ने नारा महिनौँ लाग्यो। अहिले त्यो नारा 'रनिल गो होम'मा परिणत भएको बीबीसीले जनाएकाे छ।

प्रदर्शनकारीहरू कैयौँले 'रनिल गो होम' हेडब्यान्ड लगाएका छन्। तर विक्रमसिङ्घले संवैधानिक प्रक्रिया मान्ने र संसद्ले मतदान मार्फत् नयाँ राष्ट्रपति नचुनेसम्म पदमा रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कैयौँले उनी आफै राष्ट्रपतिको उम्मेदवार बन्ने र राजपक्षहरूको सत्तारुढ श्रीलंकाज पीपल्स फ्रन्ट पार्टी एसएलपीपीको समर्थनमा जित्न पनि सक्ने विश्वास गर्छन्। उनी ६ पटक प्रधानमन्त्री बनिसकेका छन् तर भ्रष्टाचार काण्डहरूका कारण कहिल्यै पनि आफ्नो पूर्ण कार्यकाल पूरा गर्न पाएनन्।

तर उनीसँग देश सञ्चालन गरेको अनुभव छ र स्थिरता तथा निरन्तरता चाहने सांसदहरूको समर्थन पनि रहेको विश्वास गरिन्छ।

राष्ट्रपति बन्न विपक्षी नेता पनि अघि सरेका छन् जस्तो कि विपक्षी नेता सजिथ प्रेमदासा र एसएलपीपी सांसद दुल्लस अलाहापेरुमा पनि। तर यसले मत विभाजन हुन सक्ने र त्यसको फाइदा विक्रमसिङ्घलाई हुन सक्ने ठानिएको छ।

यसैबीच श्रीलंकाको आर्थिक सङ्कट पनि कायमै छ। देशलाई अहिले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग उसको ऋण कट्टी गर्न आवश्यक सहयोगको सम्झौताको नेतृत्व गर्ने नेता तत्काल आवश्यक छ।

प्रकाशित मिति: : 2022-07-18 06:08:00

प्रतिकृया दिनुहोस्