श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।

गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेर सिंगापुर पुगेका उनलेले राजीनामा दिएको बताइएको छ।

उनले १३ जुलाईमा राजीनामा दिने बताएका थिए। तर देश छाडेर भागेका थिए।

गोटाबाया राजापाक्षको अनुपस्थितिमा प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ। 


  

प्रकाशित मिति: : 2022-07-14 22:07:00

प्रतिकृया दिनुहोस्