उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

file photo
file photo

उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योटगरेको छ।

अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योटगरेको हो।

अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा ७५६ मुद्दा फर्छ्योटगरेको तथ्याङ्क सार्वजनिक गरेको हो।

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले लक्ष्यभन्दा २०८ थान बढी मुद्दा फर्छ्योट गरिएको जानकारी दिए।

'गत वर्षका सरी आएका २६५ र चालु आवमा दर्ता भएका ७५६ थान गरी कूल एक हजार २१ थान मुद्दा सङ्ख्या रहेका थिए' मुख्य न्यायाधीश सिवाकोटीले भने, 'कूल सङ्ख्यामा ७६९ अर्थात् ७५.३२ प्रतिशत मुद्दा फर्छ्योट गरिएको छ।'

उन ले उच्च अदालतमा आएका मुद्दामा जबर्जस्ती करणीका मुद्दा बढी भएको जनाए।

अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले दुई वर्षअघिका कुनै पनि मुद्दा बाँकी नरहेको तर गत वर्ष फर्छ्योटहुन नसकी बाँकी रहेका २६५ मुद्दामा आठ थान मात्र फर्छ्योटगर्न बाँकी भएको जनाए। 

फर्छ्योट हुन बाँकी रहेका २५२ थान मुद्दामध्ये अधिकांश मुद्दा छ महिनाभित्र दर्ता भएको उनले बताए।  

'अदालतले छ महिनाभित्रका १७० थान, छदेखि १२ महिनाभित्रका ८२ थान, १२ देखि १८ महनिाभित्रका मुद्दा आठ थान र १८ महिना नाघेका छ थान गरी २५२ थान मुद्दामात्र बाँकी छन्', रजिष्ट्रार कोइरालाले भने, 'गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता सङ्ख्या निकै बढी रहे पनि फर्छ्योटदर पनि बढेको छ।'

उनका अनुसार गत आव ०७७/०७८ मा ७३३ थान मुद्दा रहेकामा ४६८ थान (६३.७५%) मुद्दा मात्र फर्छ्योटभएका थिए। 

उच्च अदालतका अनुसार सुर्खेतमा परेका फौजदारी मुद्दामध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका १७२, दोस्रोमा ज्यानसम्बन्धी १०८, तेस्रोमा लागुऔषधका ९१ थान मुद्दा रहेका छन्। त्यस्तै, देवानीमा अंश मुद्दाका १९, सम्बन्धविच्छेदका १७ र लेनदेनका १३ थान मुद्दा परेका थिए। 
 

प्रकाशित मिति: : 2022-07-14 21:37:00

प्रतिकृया दिनुहोस्