श्रीलंकाः हिंसाभित्र प्रेम बाँडिरहेकाे एउटा जाेडी

बिएल संवाददाता

काेलाेम्बाे, श्रीलंका
NewsWire

श्रीलंका ठूलो हिंसा र भयानक आर्थिक त्रासदीको सामना गरिरहेको छ।

पूर्वराष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स हुँदै सिङ्गापुर भागेका छन्। आन्दोलनकारीले राष्ट्रपति र प्रधानमन्त्रीकाे सरकारी निवासमा कब्जा जमाएका छन्।

प्रदर्शनले उग्र रूप लिएपछि एकजनाकाे मृत्यु भएकाे छ। जताततै हिंसा भड्किएपछि संकटकाल घोषणा गरिएको छ।

राजपक्षेले देश छाडेर भागेपछि श्रीलंका थप अनियन्त्रित बन्दै छ। राष्ट्रपति भागेको खुसीयाली मनाउन सडकमा निस्किएका प्रदर्शनकारिलाई नियन्त्रित गर्न संकटकाल घोषणा गर्नुपरेकाे अधिकारीहरू बताउँछन्।

श्रीलंकालीहरू प्रेम खाेजिरहेका छन्। शान्ति चाहन्छन्। हिंसात्मक प्रदर्शनसँगै एउटा सुन्दर प्रेम बाँडेका छन्।

यतिबेला एउटा रोचक–दृश्य सामाजिक सञ्जालमा भाइरल छ। याे तस्विर आन्दाेलनमा क्रममा कैद गरिएकाे हाे।

पछाडिपट्टी हजाराैं मानिसहरू छन्। छेउतिर युवा र युवती। उनीहरू भीडभित्र हराइरहेका छन्। एकअर्कालाई चुम्बन गरिरहेका छन्।

प्रधानमन्त्री निवास कब्जा गरेपछि आन्दाेलनमा सहभागी युवा–युवतीले उत्सव मनाएकाे तस्विर न्यूज वायर खिचेकाे हाे। उनीहरू हिंसासामु प्रेम छरिरहेका छन्।

श्रीलंकाको अवस्था दिनानुदिन अनियन्त्रित बन्दै गएको छ। हिंसात्मक प्रदर्शनको नेतृत्व सेनाले गरेको छ।

प्रकाशित मिति: : 2022-07-14 06:27:00

प्रतिकृया दिनुहोस्