राष्ट्रपति माल्दिभ्स भागेपछि श्रीलंकामा संकटकाल

AP Images
AP Images

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सैनिक विमान चढेर माल्दिभ्स भागेपछि संकटकाल घोषणा गरिएको छ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा संकटकाल घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ।

राष्ट्रपति गोटबाया राजपक्षे देश छोडेर भागेपछि स्थिति फेरि अनियन्त्रित हुन थालेको छ। राजपक्षे भागेको खुसीयालीमा सडकमा निस्किएका नागरिकलाई नियन्त्रित गर्न संकटकाल घोषणा गरिएको हो।

७३ वर्षीय उनी काेलाेम्बाेबाट भागेर माल्दिभ्स पुगेका छन्। उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेकाे बताइएको छ।

राष्ट्रपति राजपक्षेको यो पलायनले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ।

प्रकाशित मिति: : 2022-07-13 12:31:00

प्रतिकृया दिनुहोस्