पोखरा महानगरको बजेट : करको दायरा घटाउने, दर बढाउने

पोखरा महानगरको आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ। यो आर्थिक वर्षका लागि महानगरले ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ।

बजेट गत सालको भन्दा २ अर्ब रुपैयाँले बढी छ। तर, बजेटको रकम बढाए पनि करका दायरा भने घटाएको महानगरले जनाएको छ।

सोमबार पोखरा महानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै बजेट रकम बढाए पनि करको दायरा भने घटाएको बताएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आर्चाले महानगरले करको दायरा घटाएको बताएका हुन्।

नगर प्रमुख आचार्यले बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतका शिर्षकमा करको दर घटाएको बताए।

‘हामीले यसपालि बजेट रकम पनि बढाएका छौं। करको दायरा पनि घटाएका छौं। तर, पोखरामा अनाधिकृत रुपमा बनेका संरचना पनि छन्। जसले स्वीकृति नै पाएका छैनन्,’ उनले भने, ‘ती संरचनाबाट जरिबाना स्वरुप थुप्रै राजस्व संकलन गर्न सक्छौं।’

अहिले त्यस्ता संरचनाको तथ्यांक संकलनको काम भई रहेको उनले बताए।

सडक पार्किङबारे पनि महानगर आलोचित छ। हालको सम्झौता सकिएलगत्तै पार्किङका लागि पे पार्किङ स्पटमा मात्रै शुल्क लिने गरी महानगरले पार्किङ स्थल बनाउनपट्टी लाग्ने उनले सुनाए।

प्रकाशित मिति: : 2022-07-11 16:26:00

प्रतिकृया दिनुहोस्