श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

file photo
file photo

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राजीनामाको घोषणा गरेका छन्।

शनिबार सर्वदलीय बैठकमा राजीनामाको घोषणा गरेको उनले  ट्वीटरमार्फत जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘सबै नागरिकको सुरक्षा सहितको सरकारको निरन्तरता सुनिश्चित गर्न म आज आयोजित सर्वदलीय बैठकमा दिइएको उत्तम सिफारिसलाई स्वीकार गर्दछु। यसका लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिनेछु।’ 


 

प्रकाशित मिति: : 2022-07-09 20:26:00

प्रतिकृया दिनुहोस्