सरकार र संसदमा सामेल नभएका दलहरु एकता गरेर जानुपर्छ : स्वागत नेपाल (भिडियाे)

‘राइट टु रिजेक्ट र राइट टु रिकल’ को मुद्धा उठाउँदै आएका स्वागत नेपालले सरकार र संसदमा सामेल नभएका साना दलहरु एकता गरेर जानुपर्ने बताएका छन्।

शुक्रबार ‘डेमोक्रेटिक सोसलिष्ट एलाइन्स डि एस ए’ द्वारा रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

नेपालले राजनीतिक दलका जिम्मेवार नेताले आचारसंहिता उल्लङ्घन गर्दै जथाभावी बोले पनि निर्वाचन आयोगले गम्भीर भएर कारबाही गर्न नसकेको बताए।

नेपालमा भएका विभिन्न सम्झौताहरु संसदमा पुगेर जलाउने पर्ने उनकाे भनाइ छ। उनले भने, ‘अब देशले नयाँ विकल्प खोजेको छ, त्यसैले हामी साना दल एक भएर जानुपर्छ।’

‘स्थानीय तह निर्वाचनले नै स्थानीय तहलाई सुशासनको बाटोमा लैजाने प्रक्रिया हाे तर  
आजभाेलि हिंसात्मक घटना र आर्थिक चलखेल गरेर चुनाव जित्ने गरेका छन्’, उनी भन्छन्।

जसकाे आखाँले काम गरेको छैन, उसैले देश-सरकार चलाउने भएकाले देशमा परिर्वतन नभएको उनले दावी गरे।

नेपालका नेताहरुले मिडिया पालेकाले उनीहरुले निश्चित प्रचार गरेकाले साना दल झन ओझेलमा परेको समेत उनको आरोप छ।

प्रकाशित मिति: : 2022-07-08 18:34:00

प्रतिकृया दिनुहोस्