बाजुराको बुढीगंगामा मतदान जारी

बाजुराको बूढीगंगामा स्थानीय तहको चुनाव शुरु भएको छ।

वैशाख ३० गते भएको मतदानको मत गणना हुन नसकेपछि आज फेरि चुनाव भएको हो।

बूढीगंगाका १० वटै वडामा अहिलेसम्म शान्तिपूर्णरुपमा चुनाव भइरहेको छ। अघिल्लो चुनावमा वडानम्बर २, ३, ५, ९ र १० मा एमाले र ४ र ७ मा काँग्रेसले बुथ कब्जा गरेको आरोप लागेको थियो। वडा नम्बर १० मा भने केही समय मात्र बुथ कव्जा भएको थियो।

सो पालिकामा १२ हजार ६५९ मतदाता छन्। सो पालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ र कांग्रेसबाट रंग खाती उम्मेदवार छन्। एमालेका बानियाँ ०७४ मा पनि झिनो मतले पराजित भएका थिए।

प्रकाशित मिति: : 2022-07-07 08:35:00

प्रतिकृया दिनुहोस्