फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

file photo
file photo

 सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यले बढााएको हो।

योसँगै  पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ।

खाना पकाउने एलपी ग्यासको भने मूल्य यथावत (१ हजार ८ सय रूपैयाँ) छ। भारतीय आयल कर्पोरेसनले बढाएर मूल्यसूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमको दाबी छ। 

यसअघि असार ५ गते निगमले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको थियो। तर त्यसको तीव्र विरोध भएपछि असार ११ गते आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो। 

प्रकाशित मिति: : 2022-07-04 21:14:00

प्रतिकृया दिनुहोस्