खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

बिएल संवाददाता

इस्लामाबाद
File photo
File photo

पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १४ जना घाइते भएका छन्।

रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको थियो। 

पुराना सवारी साधन, कमजोर सडक, चालकको लापरबाहीलगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन्। गत महिना बालोचिस्तानमा एउटा खोंचमा बस खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: : 2022-07-03 14:45:00

प्रतिकृया दिनुहोस्