मानिसहरूले महासागरदेखि हिमालसम्म प्लास्टिकका साना टुक्रा छोडेका वैज्ञानिकहरूले बताएका छन्।
जीवाश्म इन्धन प्रयोग गरेर हरेक वर्ष लाखौं टन प्लास्टिक बनाइन्छ र त्यसपछि उक्त प्लास्टिक वातावरणमा पुग्छ र साना कणहरूमा फुट्छ, जसले समुद्री जीवन र खाद्य श्रृंखलालाई असर गरेकाे छ ।
विज्ञहरुका अनुसार हामीले माइक्रोप्लास्टिकलाई यसको असरबारे चासो नदिई शरीरभित्र लग्छौँ। प्लास्टिकको प्रदूषण आजकल धेरै सामान्य भएको छ। वातावरणीय परोपकारी संस्था डब्लुडब्लुएफले सार्वजनिक गरेको एउटा विश्लेषणअनुसार औसतमा मानिसले हप्तामा ५ ग्रामसम्म प्लास्टिक उपभोग गर्ने र सास फेर्ने एएफपीले जनाएको छ।
प्लास्टिक शरीरमा हुने गरेको वैज्ञानिकहरुले हालै पत्ता लगाएका थिए। मानिसले धेरै वर्षदेखि खाना, पिउने र सास फेर्न प्लास्टिकको सेवन गरिरहेको हुन सक्ने बताइन्छ। सन् २०१९ मा ४६० मिलियन प्लास्टिक खपत भएको थियो, जुन २० वर्षअघिको तुलनामा दोब्बर हो र त्यसको १० प्रतिशत मात्रै रिसाइकल भएको थियो।
संयुक्त राष्ट्रसंघले विश्वव्यापी प्लास्टिक संकटलाई सम्बोधन गर्न कानुनी रूपमा बाध्यकारी सम्झौता गर्ने प्रक्रिया सुरु गरेको छ।
समाचार संस्था एएफपीसँगको कुराकानीमा फ्रान्सको माइक्रोबियल ओसोनोेग्राफीको प्रयोगशालाका अनुसन्धानकर्ता जीन–फ्रान्कोइस घिग्लिओनले भन्छन्, ‘नांगो आँखाले नदेखिने यति धेरै साना माइक्रोप्लास्टिकहरू हुन सक्छन् भन्ने हामीले १० वर्षअघि कल्पना पनि गरेका थिएनौँ। तिनीहरू जताततै हाम्रा वरपर छन्।’
वैज्ञानिकहरुले फोक्सो, स्पिन, मिर्गौला र प्लेसेन्टा जस्ता मानव अंगहरुमा पनि माइक्रोप्लास्टिक फेला पारेको उनी बताउँछन्।
बेलायतको हल योर्क मेडिकल स्कूलकी लौरा साडोफस्कीले एएफपीसँगको कुराकानीमा आफ्नो टोलीले फोक्सोको तन्तुमा पोलिप्रोपाइलिन र (पीईटी) फेला पारेको बताइन्।
माइक्रोप्लास्टिकहरू मानव स्वास्थ्य र निश्चित सिन्ड्रोमहरूको लागि जिम्मेवार रहेको एउटा परिकल्पनामा दर्शाइएको छ।
बेलायतको हल योर्क मेडिकल स्कूलकी लौरा साडोफस्कीले केही समयअघि एएफपीसँगको कुराकानीमा आफ्नो टोलीले फोक्सोको तन्तुमा पोलिप्रोपाइलिन र पीईटी (पोलिथिन टेरेफ्थालेट) फेला पारेको र फोक्सोमा कणहरूको आकार देखेर स्तब्ध भएको बताएकी थिइन्।