टेवा बहुउद्देश्यीय सहकारी संस्थाले गर्यो जेष्ठ नागरिकलाई सम्मान

शनि शाक्य

ललितपुर

टेवा बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरेको छ। 

ललितपुरको हात्तिवनस्थित टेवाचोकमा रहेको उक्त संस्थाले शनिबार एक कार्यक्रम आयोजना गर्दै २९ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको हो। 

६९ वर्ष पूरा भएका र सहकारीको शेयर सदस्य बनेको पाचँ वर्ष पूरा गरेका नागरिकहरुलाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको सहकारीका अध्यक्ष लवकुमार खड्काले जानकारी दिए। 

जेष्ठ नागरिकहरुको समस्यालाई वेवास्ता गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सोचले संस्थाको सुरुवात गरेको उनले बताए। 

त्यस्तै सहकारीका जेष्ठ नागरिक उपसमितिका संयोजक रामशरण दुलालले प्रत्येक वर्ष ६९ वर्ष पूरा भएका र पाचँ वर्षसम्म बढी सक्रिय कारोबार गरेका जेष्ठ नागरिकहरुलाई प्रत्येक वर्ष दश हजार प्रदान गरिने बताए। 

कार्यक्रमको उद्घाटन जेष्ठ शेयर सदस्य सिहंबहादुर महतले गरेका थिए।

त्यसैगरी सहकारीले रक्तदान कार्यक्रमका साथै निशुल्क आँखा परिक्षणको कार्यक्रम समेत आयोजना गरेको थियो। 

 

प्रकाशित मिति: : 2022-07-02 12:24:00

प्रतिकृया दिनुहोस्